श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान शुरु

स्ववियु निर्वाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितीले जनाएको छ । निर्वाचनको लागी तीन वटा मतदान स्थल बनाइएको छ ।

मत पत्र छापाईदेखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान गर्न सकिने छ ।

क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन् । निर्वाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन् ।

नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानलसहित चुनाबमा जाने भएको छ । यस्तै २ जनाले स्वतन्त्र टिमसहित उम्मेदवारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया