काठमाण्डौंः बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ।
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परीक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ मा अध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।
धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया