वैशाख २७, २०८१ बिहिबार May 9, 2024

‘साओमी १३ प्रो’ को नेपाली बजारमा प्रि-बुकिङ खुला

पाँच हजार रूपैयाँमै साओमीका आधिकारिक स्टोरहरूबाट फोन प्रि-बुक गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा साओमी १३ प्रो स्मार्टफोनको प्रि बुकिङ खुला भएको छ । ग्राहकले आउँदो ३ अप्रिल (चैत २०) सम्म यो स्मार्टफोनका लागि प्रि-बुकिङ गर्नसक्ने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत पाँच हजार रूपैयाँमै साओमीका आधिकारिक स्टोरहरूबाट फोन प्रि-बुक गर्न सकिने छ ।

प्रि-बुक गर्ने ग्राहकले ९,९९९ रूपैयाँ मूल्य पर्ने साओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउनेछन् । त्यस्तै फोन खरिद गरेको २४ महिनासम्म निःशुल्क सर्भिसिङको सुविधा पनि पाउनेछन् ।

नेपाली बजारमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने फोनको मूल्य एक लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ । साथै नबिल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ईएमआईमा यो फोन प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया