असार २३, २०८२ सोमबार July 7, 2025

रास्वपाले स्वर्णिम वाग्ले, रवि लामिछाने र रमेश खरेललाई उम्मेदवार बनाउने

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० वैशाख गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ।

शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

गत ४ मंसिरको निर्वाचनमा चितवन २ मा पार्टी अध्यक्ष लामिछाने  निर्वाचित भएका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा पद खारेज गरेपछि उपचुनावमा हुन लागेको हो।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाएको हो।

बारा २ मा उम्मेदवार तय भएका खरेल गत ४ मंसिरको निर्वाचनमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेर पराजित भएका थिए। रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार