असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रिय सभा बैठकमा मोबाइल चलाएपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष   गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन आग्रह गर्नुपरेको छ ।

बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने धारणा राखिरहँदा अर्का एक सदस्यले मोबाइल चलाएको अध्यक्ष तिमिल्सिनाले थाहा पाए । त्यसपछि उनले मोबाइलन चलाउन आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया