श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको क्लीन स्वीप

समानुपातिक तर्फ पनि नेविसंघ नै पहिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलालीको टीकापुर स्थित टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।

अध्यक्षमा नेविसंघका नृप थापासहित उहाँको सम्पूर्ण प्यानल विजयी भएको छ । थापा ४७५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्धन्द्धि अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाउनु भएको छ ।

नागरिक विद्यार्थी समाजबाट भिमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भुपेन्द्र रावलले २३३ मत पाउनु भएको छ । सचिवमा मनिराज भाट ५१० ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धि नागरिक विद्यार्थी समाजका  अनुज चौधरीले २८७ मत पाउनु भएको छ ।

कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धि अनेरास्ववियु क्रान्तिकारीका गणेश ओलीले २८४ मत पाउनु भएको छ ।

सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदिप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी हुनु भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिनुभयो ।

यस्तै समानुपातिक तर्फ नेविसंघले ५३०, नागरिक विद्यार्थी समाले २८१, अनेरास्ववियुले २८८ र अनेरास्वसवयु क्रान्तिकारीले २२६ मत पाएको छ ।

१६ सय १२ विद्यार्थी मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा १३ सय ४३ मत खसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार