काठमाण्डौंः नक्कली परीक्षार्थी बनेर एसइई अर्थात् माध्यमिक शिक्षा परीक्षा दिइरहेका २ सय जनालाई मोरङका ३ वटा विद्यालयबाट पक्राउ गरिएको छ ।
प्रवेश पत्रमा फोटो परिवर्तन गरेर एसइई परिक्षा दिईरहेको पाइएकोले खुलातर्फ जाँच दिँदै गरेकाहरुको छानबिन गरिएको र बिहीबार १ सय ९९ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
मोरङको ग्रामथान स्थित सरस्वती माध्यमिक विद्यालयबाट ५३ जना, सार्वजनिक माध्यमिक विद्यालय केराबारीबाट १ सय २७ जना र जनता माध्यमिक विद्यालय सुन्दरहरैंचा पचामबाट २० जना गरी २ सय जना एसईईका नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको र उनीहरुलाई शिक्षा ऐन अनुसार मुद्दा चलाईने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
नक्क्ली परिक्षार्थीहरुलाई ६ महिना कैद वा १ लाख रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया