असार ५, २०८३ शुक्रबार June 19, 2026

आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार

सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् ।

सोमबार कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा शनिबार उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन् । आईतबार बिहानै उनले सामाजिक सञ्जालमार्फत आफू भारतको नयाँ दिल्लीमा रहेको जानकारी गरेका छन् ।

सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागेका हुन् । गत चैत्र ३ गते उनका भिनाजु कैलालीस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मृत भिनाजुले आफूलाई मर्न बाध्य पारेको भन्दै उदिपसहित उदिपकी श्रीमती सीमा नेपाली, उनको दाइको छोरा मन नेपाली र मृतककी श्रीमती खिरु नेपाली र डिभिजन वन कार्यालय भजनीमा कार्यरत भिमे भन्ने भीम बिकको नाम लेखेर छाडेको सुसाइड नोट प्रहरीले फेला पारेको थियो ।

कैलालीको भजनीस्थित ईलाका प्रहरी कार्यलयमा अभियुक्तहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको छ  भने हालसम्म दुईजना आरोपित पक्राउ परेका ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार