श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही रु १० हजार र ‘ए’ ग्रेड ल्याउनेलाई जनही रु पाँच हजार नगद पुरस्कार दिने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ ।

सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौँ बसोबास गर्दै आउनुभएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

पिप्लेमा रहेको रघुगङ्गा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस वर्षको एसइईमा सहभागी विद्यार्थीमध्ये ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही रु १० हजार र ‘ए’ ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई जनही रु पाँच हजार नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

यस वर्षको एसइई परीक्षामा रघुगङ्गा माविबाट २५ जना, मुक्तिधाम माविबाट ७१ जना र  ज्ञानोदय माविबाट १९ परीक्षार्थी सहभागी छन् ।

शाहीले यसअघि रघुगङ्गा माविमा आफ्नो दिवङ्गत बुबा देवबहादुर शाहीको स्मृतिमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ भने यस क्षेत्रको सामाजिक कार्यमा समेत सहयोग गर्दै आउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार