श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुदूरपश्चिमका थप पाँच क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय

अब विश्वविद्यालय अनुदान आयोगसंगै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्वीकृतीका लागि प्रक्रिया अघि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिमका पाँच क्याम्पस विश्वविद्यालयकोे आंगिक क्याम्पस बन्ने भएका छन्।

विश्वविद्यालय सभाले पाँच क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले बताए।

उनका अनुसार बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दिप बहुमुखी क्याम्पस, बझाङकै सुनकुडा बहुमुखी क्याम्पस र कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ।

आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुमा अब विश्वविद्यालय अनुदान आयोगसंगै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्वीकृतीका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ।

यसअघि सुदूरपश्चिमका १५ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाइएको थियो। विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ।

डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि डिन नियुक्तिसँगै भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार