श्रावण २, २०८२ शुक्रबार July 18, 2025

निजी कलेजमा भर्ना भएका विद्यार्थी आंगिक कलेजमा स्थानान्तरण हुन नपाउने

आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजबाट सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्थानान्तरण गर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय प्रात्रिक परिषद्ले विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। त्रिविले निजी कलेजमा भर्ना भएका विद्यार्थी आंगिक कलेजमा स्थानान्तरण हुन नपाउने निर्णय गरेको हो।

परीक्षा तथा स्थानान्तरण व्यवस्थामा सुधार गर्ने भन्दै विश्वविद्यालयको प्राज्ञिक परिषदको फागुन २८ को निर्णय नं. ९९ अनुसार विद्यार्थीलाई अन्तर कलेज र अन्तर जिज्ला स्थानान्तरणम रोक लगाएको हो।

‘प्रथम र अन्तिम वर्षर सेमेष्टरमा स्थानान्तरण गर्न नपाउने। तर आंगिक क्याम्पसहरुमा ऐक्षिक विषय छनौट र प्रयोगशालाको ब्यवस्थापनको कारणले यस निर्णयले प्राविधिक समस्या उत्पन्न हुने भएमा अन्तिम वर्ष /सेमेष्टरमा स्थानान्तरण गर्न पाउने वा नपाउने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित डीनलाई हुने छ।’ सोही निर्णयमा थप ब्यवस्था गरिएको छ ‘यस ब्यवस्था बाहेक अन्य ढंगले भए गरेका सबै स्थानान्तरण र नियम विपरित स्थानान्तरण भएका क्याम्पसबाट दिएका परीक्षाहरु स्वत रद्द हुने छ।’

आंगिक क्याम्पसबाट आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजबाट सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्थानान्तरण गर्न पाइने व्यवस्था गरेको छ। ‘जुनसुकै अवस्थामा पनि आंगिक क्याम्पस बाहेक अन्य क्याम्पसमा एउटै जिल्लाभित्र स्थानान्तरण गर्न नपाइने ’ निर्णय नं. ९९ को ‘ग’ मा भनिएको छ । इडियु-पत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार