श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एसइई परीक्षा सम्पन्न, नतिजा असारको तेस्रो साता आउने

यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ ।

परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार पारेको बताउनुभयो । कुनै समस्या नआए असार दोस्रो सातामा पनि सार्वजनिक गर्न सकिने उहाँले बताउनु भयो ।

यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा छिटफुट घटना बाहेक देशका ७७ वटै जिल्ला र जापानमा गरि दुई हजार ३७ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

यसवर्ष परीक्षामा कूल चार लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागी रहेको उहाँले जानकारी दिनुभयो । नेपालबाट विभिन्न रोजगारीको कारण जापान पुगेका नेपालीका १४ छोराछोरीले पनि यसवर्ष जापानबाटै एक परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार