काठमाण्डौः त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।
बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो । गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेको थियो ।
मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्रा.डा.कुशुम शाक्यले हाललाई उक्त निर्णय स्थगन भएको जानकारी दिइन् । उनले भनिन् ‘हाललाई निर्णय नम्बर ९९ स्थगन भएको छ । थप निर्णयको लागि समितिले गरेको सिफारिस अनुसार हुन्छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया