असार २८, २०८२ शनिबार July 12, 2025

परिवर्तन उल्ट्याउन चाहने तत्वहरु सल्बलाउन थाले, सतर्कता जरुरी : प्रधानमन्त्री दाहाल

परिवर्तनलाई उल्ट्याउन चाहनेहरु सल्बलाउन थालेकाले सबैले सतर्कता अपनाउन आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरु सल्बलाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले परिवर्तनलाई उल्ट्याउन चाहनेहरु सल्बलाउन थालेकाले सबैले सतर्कता अपनाउन आवश्यक रहेका बताएका छन्।

साथै उनले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु आफूहरुको दायित्व भएको बताएका छन्।

उनले भने, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ। पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ।’

उनले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिबद्ध बनाउन सञ्चार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक रहेको बताए।

सञ्चारमाध्यम आम नागरिक र सरकारको समेत आँखा र कान भएको बताउँदै उनले यसले गरिहेको काममा कुनै कमजोरी भएमा सच्याउन मद्दत गर्ने बताए। राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाईसमेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उनको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार