कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

सिउरुङ महोत्सवमा साहसिक मह शिकार

प्रत्येक वर्ष वैशाख/जेठ र मसिर महिनामा भिर माहुरीको मह शिकार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पर्यटन प्रवर्द्धनका लागि आयोजित १२औं सिउरुङ महोत्सवका अवसरमा साहसिक मह शिकार भएको छ । गुरुङ समुदायको परम्परासँग जोडिएको मह शिकारलाई पर्यटक आकर्षण गर्ने माध्यमको रुपमा प्रवर्द्धन गर्न महोत्सवको अवसरमा स्थानीयले मह शिकार गरेका हुन् ।

महोत्सवको पहिलो दिन स्थानीयले गाउँ नजिकै रहेको कोइरेखोला भिरमा मह शिकार गरेका हुन् । भिर माहुरीको मह निकाल्ने काम आफैंमा साहसिक भएको र त्यसप्रति धेरै पर्यटकको आकर्षण हुने भएकाले महोत्सवको अवसरमा मह शिकार गरिएको सिउरुङ पर्यटन विकास समितिका अध्यक्ष नन्द घलेले बताए ।

महोत्सवमा आएका पाहुनाले हनि हन्टिङको मज्जा लिएको अध्यक्ष घलेले बताए । लमजुङमा सामान्यतया प्रत्येक वर्ष वैशाख/जेठ र मसिर महिनामा भिर माहुरीको मह शिकार हुने गर्दछ । मह शिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेशा पनि हो ।

मह शिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि पर्यटक आकर्षकका लागि पछिल्ला वर्षहरुमा ‘हनि हन्टिङ फेस्टिवल’ का रुपमा पनि महशिकार हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
२०८३ कार्तिक २०, शुक्रबार
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
२०८३ कार्तिक २०, शुक्रबार
तिथिको घटबढले यस वर्ष तिहार ६ दिनको, मिथिलामा आज धनतेरस
२०८३ कार्तिक २०, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
२०८३ कार्तिक २०, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार