असोज २९, २०८३ बिहिबार October 15, 2026

शिक्षक आन्दोलनका कारण विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, आफ्ना मागहरुमा सरकारले वेवास्ता गरेको भन्दै राहत शिक्षक केन्द्रिय समितिले आजबाट भदौ २८ गतेसम्म सामूदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलन थालेको छ । शिक्षकहरुको आन्दोलनका कारण मुलुकभरका सामुदायिक विद्यालय बन्द भएको छ ।

राहत शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले संघीय शिक्षा ऐनमा राहत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने मागसहित आफूहरु आजबाट आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो । यसअघि समितिले भदौ ८ गते ने पत्रकार सम्मेलन गरेर सरकारलाई माग पूरा गराउनको लागि ध्यानाकार्षण गराएका थियो ।

तर, सरकारले उनीहरुको मागप्रति कुनै गम्भिरता नदेखाएपछि शिक्षकहरु विद्यालय बन्द गराउन लागिपरेका छन् । अध्यक्ष अधिकारीले तीन दिन लगातार आन्दोलन गर्ने जनाउँदै त्यसपछि पनि सुनुवाई नभए विद्यालयका सम्पूर्ण कार्यक्रमहरु नै बहिष्कार गर्ने चेतावनी दिनुभएको छ । मुलुकभर ४० हजार राहत शिक्षक रहेका छन् ।

विगतमा भनसुनका आधारमा नियुक्त भएका शिक्षहरुले अस्थार्यलाई जसरी नै प्रक्रिया पु¥याएर स्थाई गर्न माग गर्दै आन्दोलन थालेपछि सरकर अन्यालमा परेको छ । यसअघि लगातार अस्थाई शिक्षकहरुले आन्दोलन गरेपछि उनीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरिएको छ । जसका लागि उनीहरुको परिक्षा समेत सम्पन्न भैसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
२०८३ असोज २९, बिहिबार
आजको मौसम : पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै
२०८३ असोज २९, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज २९, बिहिबार
महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ
२०८३ असोज २९, बिहिबार