असार २४, २०८२ मंगलबार July 8, 2025

पृथ्वीबारे १० रोचक तथ्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पृथ्वी करिब ४.५ बिलियन वर्ष पहिले निर्माण भएको हो । अस्तित्वको करौडौँ वर्ष बितिसक्दा पनि प्राणीहरुलाई जीवित राख्न सक्ने एक मात्र ग्रह होः पृथ्वी । मानव सभ्यताले अहिले हरेक सिमा पार गरिसकेको छ तर कुनै अरु ग्रहमा पनि जीवनको सम्भावना पत्ता लगाउन अहिलेसम्म पनि अन्वेषणमात्रै भइरहेको छ ।

यही कारणले हामीले हाम्रो पृथ्वीलाई जोगाउनु एकदमै महत्वपूर्ण छ । हिजो अर्थात अप्रिल २२ मा विश्वव्यापी रुपमा पृथ्वी दिवस मनाइएको थियो । आज हामी मानिसहरूले आफ्नो घर भन्ने यस ग्रहलाई विशेष बनाउने विभिन्न तत्वहरूको बारेमा छलफल गर्नेछौँ ।

१.पृथ्वी पूर्ण रुपले गोलो छैन 

साधारणतय हामीले सोच्दा पृथ्वी गोलो छ भनेर सोच्ने गर्दछौँ तर वास्तविक रुपमा भन्नुपर्दा पृथ्वीको कुनै निश्चित आकार हुँदैन। पोल अर्थात उत्तर र दक्षिण भागमा पृथ्वी चेप्टो हुने गर्दछ ।

पृथ्वीको आकार भन्नै चाहनुहुनेले यसको आकारलाई अबलेट स्फेरोइडको रुपमा लिन सक्नुहुनेछ । अन्य ग्रहहरू जस्तै, गुरुत्वाकर्षणको प्रभाव र यसको अक्षमा परिक्रमाद्वारा उत्पादित सेन्ट्रीफ्युगल फोर्सले भूमध्य रेखालाई समतल बनाएर पृथ्वीको पोललाई चेप्टो बनाइदिने गर्दछ । त्यसैले भूमध्य रेखा इक्वेटरमा पृथ्वीको व्यास एक ध्रुवबाट अर्को ध्रुवसम्मको व्यासभन्दा ४३ किलोमिटर बढी छ ।

२.पृथ्वीको कूल भूभागको ७० प्रतिशत भाग पानी 

पृथ्वीमा पानी ठोस, तरल र ग्यासीय अवस्थामा अवस्थित छ । थप रूपमा, यसले हिमनदी, दलदल, ताल, नदी, समुद्र र महासागरहरूको रूपमा पृथ्वीको तीन चौथाई भागलाई ओगटेको छ । पृथ्वीमा पाइने कुल पानीको ९७ प्रतिशत समुद्रको नुन पानी हो ।

३.पृथ्वीभन्दा १० किलोमिटर माथि अन्तरिक्ष 

वायुमण्डल र अन्तरिक्ष बीचको सीमालाई कर्मन रेखा भनिन्छ, जुन समुद्र सतहबाट १०० किलोमिटर माथि हुन्छ । वायुमण्डलीय तौलको लगभग ७५ प्रतिशत समुद्रको सतहबाट ११ किलोमिटरको उचाइमा मात्र पाइन्छ । यसैले गर्दा कर्मन रेखाले पृथ्वीको दायरा के हो र अन्तरिक्ष कहाँबाट सुरु भएको छ भनेर बताउँछ ।

४.पृथ्वीको केन्द्रमा फलाम छ

पृथ्वी सौर्यमण्डलको सबैभन्दा ठोस र पाँचौं ठूलो ग्रह हो । पृथ्वीको सबैभन्दा भित्री भाग लगभग १२०० किलोमिटरको दूरी भएको ठोस भकुण्डो जस्तै छ ।

यो भकुण्डो मुख्यतया: फलामबाट बनेको हुन्छ, जसको तौल फलामको ८५ प्रतिशत हुन्छ । यसबाहेक पृथ्वीमा निकलको तौल पनि १० प्रतिशत हुने गर्दछ ।

५.जीवन भएको एक मात्र ग्रह हो पृथ्वी 

पृथ्वी ब्रह्माण्डको एक मात्र आकाशीय पिण्ड हो जसमा हामी जीवन बिताउन सक्छौं । अन्य ग्रहहरूमा यसको सम्भावनाको अझै पनि खोजी भइरहेको छ । हाल पृथ्वीमा लगभग १२ लाख सूचीबद्ध जनावरका प्रजातिहरू छन्। यद्यपि, यो विश्वास गरिन्छ कि यो कुल प्रजातिको सानो भाग मात्र हो ।

सन् २०११ मा वैज्ञानिकहरूले अनुमान गरे अनुसार सम्पूर्ण संसारमा लगभग ८० लाख प्रजातिहरू छन् । पृथ्वी करिब ४।५ बिलियन वर्ष पहिले बनेको थियो । पृथ्वीको भौतिक गुण, यसको भूवैज्ञानिक इतिहास र यसको परिक्रमाले लाखौं वर्षदेखि जीवनको अस्तित्वलाई जारी राखेको छ । पृथ्वीको जन्म भएको यति धेरै वर्ष बितिसक्दा पनि यहाँ अझै जीवन छ र यसस्तो यो एक मात्र ग्रह हो ।

६.पृथ्वीको सबै ठाउँमा समान गुरुत्वाकर्षण छैन 

हाम्रो ग्रहमा आदर्श क्षेत्र नभएकाले र यसबाहेक, पिण्ड जताततै समान नरहेकाले गुरुत्वाकर्षण क्षेत्रको बल ठाउँअनुसार फरक-फरक हुन्छ । उदाहरणका लागि, जब हामी भूमध्य रेखाबाट ध्रुवहरूमा जान्छौं, गुरुत्वाकर्षण क्षेत्रको तीव्रता बिस्तारै बढ्दै जान्छ ।

७.पृथ्वीमा धेरै विरोधाभासहरू छन्

हाम्रो ग्रह एकदमै विरोधाभासले भरिएको छ । यसको भौगोलिक क्षेत्र र यसको हावापानीको विविधता भनेको लगभग हरेक क्षेत्रका आफ्नै विशेषताहरू छन् । पृथ्वीको धेरै ठाउँहरू एकदमै तातो मानिन्छन्, तर अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम अमेरिकाको डेथ भ्याली हो, जहाँ तापमान १० जुलाई, सन् १९१३ मा ५६।७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

अर्कोतर्फ, सबैभन्दा चिसो तापक्रम अन्टार्कटिकामा रेकर्ड गरिएको छ जहाँ तापमान ३१ जुलाई सन् १९८३ मा ८९ डिग्री सेल्सियस रहेको थियो ।

८.पृथ्वीमा सबैभन्दा धेरै जीवित संरचना छन्

अष्ट्रेलियामा स्थित ग्रेट ब्यारियर रिफ ग्रहमा जीवित जीवहरूले बनेको सबैभन्दा ठूलो संरचना हो । यो एक मात्र संरचना हो जुन अन्तरिक्षबाट पनि देख्न सकिन्छ ।

यसको क्षेत्रफल २ हजार किलोमिटरभन्दा बढिमा फैलिएको छ र रीफ हजारौं समुद्री प्रजातिहरूको घर समेत हो । सन् १९८१ मा, ग्रेट ब्यारियर रीफलाई युनेस्को विश्व सम्पदा स्ल समेत घोषित गरिएको थियो ।

९.सक्रिय टेक्टोनिक प्लेटहरू भएको सौर्यमण्डलको एक मात्र ग्रह

सक्रिय टेक्टोनिक प्लेटहरूको आन्दोलनको अर्थ हाम्रो ग्रहको सतह निरन्तर परिवर्तन भइरहेको छ । यी प्लेटहरूले पहाड, भूकम्प र ज्वालामुखीहरूको निर्माण समेत गर्ने गर्दछन् ।

यी प्लेटहरूको चक्रले पृथ्वीको तापक्रमलाई नियमन गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।  त्यस्तै यसले समुद्रको भुइँलाई नवीकरण गर्ने र कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यासहरू पुनः प्रयोग गरी काम गर्ने गर्दछ ।

१०.पृथ्वीमा सुरक्षा कवच छ

पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने ऊर्जा किरणहरूको विरुद्ध ढालको रूपमा काम गर्दछ । चुम्बकीय क्षेत्रले बाटोहरु खोज्न पनि सहयोग गर्दछ ।

कम्पासले यस चुम्बकीय क्षेत्रको माध्यमबाट काम गर्छ र दिशा पत्ता लगाउँन सक्छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार