असार २८, २०८२ शनिबार July 12, 2025

नेकपाले बोलायो स्थायी कमिटी बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिएका छन । स्थायी कमिटी सदस्यहरुलाई बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट टेलिफोन र एसएमएस आएको ती नेताले बताएका छन ।

एक स्थायी कमिटी सदस्यका अनुसार भोलि बैठक सुरु मात्र हुने र छलफल बजेटपछि मात्र हुन सक्ने सम्भावना छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो । त्यही बेला २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र लेखेर बैठक माग गरेका थिए । सचिवालयमा सहमति बनेसँगै २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइएको पनि थियो ।

तर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी बढेपछि अन्तिम समयमा आएर बैठक स्थगित भयो । त्यसयता बैठक बोलाउने विष यमा दुई नेताबीच पटकपटक छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया