असार २८, २०८२ शनिबार July 12, 2025

कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि अन्त्य हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेश सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्न लागिएको हो।

प्रदेश सभाको बैठक आज (आइतबार) दिउँसो ३ बजे बस्दै छ। प्रदेश सभा बैठकका लागि सम्भावित २ वटा कार्यसूची छन्।

आइतबारको प्रदेश सभा बैठकमा कार्य व्यवस्था परामर्श समिति गठनका सम्बन्धमा सभालाई जानकारी गराइने छ। यस्तै, ‘कर्णाली प्रदेश प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ उपर सामान्य छलफल हुने कार्यसूची छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया