असार २८, २०८२ शनिबार July 12, 2025

६०० नेपालीलाई जापान जान दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने भएको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय भएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार जापान जान चाहने करिब ६ हजार छन् । ‘तालिम र अध्ययनलगायतका सिलसिलामा जापान रहेका तर अहिले नेपाल आएर बसेका करिव ६०० विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरेर चार्टर फ्लाइटबाट जान दिने निर्णय भएको छ,’ उनले भने ।

यस्तै हङकङ आइडी भएका तर लकडाउनमा परेकाहरुलाई पनि चार्टर विमानबाट जान दिने निर्णय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया