वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा संलग्न देखिएको भन्दै जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुजी गरेको हो ।

अनुसन्धानमा संलग्न जिल्ला स्रोतका अनुसार सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ ।

सोही क्रममा शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

नेकपा एमालेका निलम्बित सचिव एवं प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि अझै फेला परेका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया