काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताएका छन । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’
पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताएका छन । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताएका छन ।
प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरेका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया