असार २८, २०८२ शनिबार July 12, 2025

उठेर बोल्न नसकेपछि संसदमा प्रधानमन्त्री ओलीले कुर्ची मागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई उभिएर सम्बोधन गर्न अप्ठ्यारो भएको बताएका छन् ।

सम्बोधनको क्रममा उनले आफूलाई बस्ने व्यवस्था मिलाइदिन भनेपछि सम्बोधन केही बेर रोकिएको छ । त्यहाँ कुर्ची तयार अवस्थामा नरहेकाले केही बेर अलमल भएको हो ।
प्रधानमन्त्री ओलीले बस्ने व्यवस्था गरिदिन भनेपछि सभामुख अग्नि प्रसाद सापकोटाले सो व्यवस्थाका लागि निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले ‘हालै शल्यक्रिया गरेकाले म धेरै बेर उभिन सक्दिन, बस्ने व्यवस्था मिलाइदिनु भएकोमा सभामुख ज्यूलाई धन्यवाद’ भन्दै आफ्नो सम्बोधन पुनः सुरु गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया