वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : रमेश लेखक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा परिवेशलाई विश्लेषण गरेको बताउनुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कार्यक्रमले राष्ट्र र राष्ट्रिय हितको संरक्षण गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो।

“यसले अहिलेको संवैधानिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र परिवेशलाई मूल्याङ्कन गरेको छ। हामीले राष्ट्रिय हितको जगेर्ना गर्दै समृद्ध र न्यायपूर्ण नेपाल बनाउँछौँ भन्ने गन्तव्य नीति कार्यक्रमले देखाएको छ”, उहाँले भन्नुभयो।

नीति कार्यक्रमले संविधानको कार्यान्वयन, अर्थतन्त्रमा सुधार गर्ने, सुशासनको प्रत्याभूति दिलाउने, शासकीय सेवा प्रवाहमा सुधार गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, रोजगारीमा वृद्धि गर्ने, पर्यावरणीय सन्तुलन गर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो।

“सबै प्रकारका विभेदको अन्त्य गर्ने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, दिगो एवं भरपर्दो पूर्वाधार विकास गर्ने, शिक्षा, स्वास्थ्यजस्ता अधारभूत विषयमा सरल र सहजरूपमा नागरिकको पहुँच स्थापित गर्ने र आत्मनिर्भर हुँदै निर्यातमुखी उत्पादन व्यवस्था अगाडि बढाउने विषय यसले समावेश गरेको छ”, प्रमुख सचेतक लेखकले भन्नुभयो।

नीति कार्यक्रमले आजको स्थितिलाई विश्लेषण तथा जानुपर्ने गन्तव्यलाई निर्धारण गर्नुका साथै त्यहाँसम्म पुग्ने साधनको उचित व्यवस्था गरेकाले आफ्नो पार्टीले नीति तथा कार्यक्रमलाई स्वीकार र समर्थन गरेको उहाँले बताउनुभयो।

“नीति कार्यक्रम सरकारको अर्थ राजनीतिक घोषणापत्र हो। मूलतः यो घोषणापत्रले तीनवटा कुरा बोकेको छ। तत्कालीन आर्थिक, संवैधानिक र शासकीय अवस्थाका बारेमा सूक्ष्म अध्ययन गरेर विश्लेषण गरेको छ”, उहाँले भन्नुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार