श्रावण ३, २०८२ शनिबार July 19, 2025

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि मनाउने तयारी गरेको छ ।
‘डिकोलोजाइसेन एजुकेशन फाइनान्सिङ नाउ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यो कार्यसप्ताह नेपालसहित विश्वभरका एक सय ५० भन्दाबढी देशमा मनाउन लागिएको हो । एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नागरिक क्षेत्रबाट उठाइका शिक्षा क्षेत्रका विभिन्न माग सम्बोधन गराउन कार्यसप्ताहका माध्यमबाट हस्ताक्षर सङ्कलनसहित सरकारलाई ज्ञापनपत्र दिइने बताए ।
उनले शिक्षामा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न, सङ्घीय शिक्षा ऐन छिटो जारी गर्न, शिक्षाका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्दै समतामूलक समाज निर्माण गर्न र भौतिक पूर्वाधार सुधारी प्राविधिक शिक्षामा जोड दिन माग गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार