वैशाख २६, २०८१ बुधबार May 8, 2024

आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारको आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ ।

प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।

आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन १७ गते प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया