काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले दुईवटा विधेयक पारित गरेको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्तुत गरेको “नेपाल बिशेष सेवा विधेयक, २०७६ लाई बहुमतले पारित गरेको छ ।
यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित बैठकले पुनः पारित गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५”र “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५” लाई बैठकको सर्वसम्मतीले स्विकृत गरेको छ ।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका थिए ।
बैठकमा राष्ट्रिसभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यमा मनोनित गर्नका लागि प्रस्ताव गरेको सांसदहरु अनिता देवकोटा, गोपीबहादुर सार्की आछामी, प्रकाश पन्त, शेखरकुमार सिंहको नामलाई बैठकले सहमति दिएको छ ।
राष्ट्रियसभाको अर्को बैठक जेठ १२ गते सोमबार विहान ११ः०० बजे बस्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया