वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

धमाधम कार्यकर्ता पढाउदैं माओवादी नेता

जनवर्गीय संगठनका प्रमुख र जनप्रतिनिधी सहभागी गराएर प्रशिक्षण गराँउदै माओवादी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले मावि तहको पार्टी स्कुल सुरु गरेको छ । जिल्लाका १० वटै पालिका कमिटिका पदाधिकारी, प्रदेश सदस्य, प्रदेश विभाग सदस्य, जिल्ला समन्वय समिति सदस्य, जनवर्गीय संगठनका प्रमुख, पेशागत संगठनका अध्यक्ष, निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई सहभागी गराएर दुई दिने पार्टी स्कुल कक्षा सुरु गरेको हो ।

प्रशिक्षित गर्दै नेता तथा कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र संगठनात्मक स्तर उकास्ने लक्ष्यका साथ माओवादी केन्द्रले परिक्षामार्फत मूल्यांकन गर्नेगरी पार्टी स्कुलको आयोजना गरेको हो । पार्टी स्कुल शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव एबं स्कुल बिभाग प्रमुख गिरीराजमणि पोखरेलले उद्घाटन गरेका छन् ।

मार्क्सवादी दर्शन, वैज्ञानिक विश्व दृष्टिकोणको सापेक्षतामा कार्यकर्तालाई प्रशिक्षित गरी पार्टीको काममा परिचालित गर्नेगरी पार्टी स्कुल सञ्चालन गरिएको नेकपा माओवादी केन्द्र पार्टी स्कुल संयोजन समिति खोटाङ संयोजक टंक थापाले बताए । पालिका तहमा पुगेर प्राथमिक तहको पार्टी स्कुल चलाउनका लागि प्रशिक्षक उत्पादन गर्नेगरी मावि तहको पार्टी स्कुल कक्षा आयोजना गरिएको हो ।

पार्टी स्कुलको पहिलो दिन पार्टीको बैचारिक, राजनैतिक र संगठनात्मक कार्यदिशा बारे उपमहासचिव एबं स्कुल बिभाग प्रमुख पोखरेल, पहिचान र संघीयताका बारेमा अनुशासन आयोगका केन्द्रीय अध्यक्ष टंक राई, संस्कृति र सांस्कृतिक रुपान्तरणका बारेमा डा. धनप्रसाद सुवेदी, समावेशिता र समानुपातिक नीतिका बारेमा ध्रुव श्रेष्ठले प्रशिक्षकको भूमीका निर्वाह गर्ने छन् ।

दोस्राे दिन स्थानीय सरकार सञ्चालन ऐन २०७४ का बारेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, राजनीतिक अर्थशास्त्रका बारेमा हरि रोका, दर्शनशास्त्रको अवधारणा र मार्क्सवादी  दर्शनका बारेमा रमेश सुनुवार र वैज्ञानिक विश्व दृष्टिकोण बारे केन्द्रीय सदस्य एवं स्कुल विभाग सचिव रामदीप आचार्यले सहजीकरण गर्ने छन् । पार्टी स्कुलको अन्तिममा सहभागीको बुझाई बारे परीक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानीय तह सम्वन्धी बनेको नीति तथा ऐनका बारेमा पनि कार्यकर्ता सुसुचित हुने संयोजक थापाले बताए ।

पार्टी स्कुल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य समिता कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार