वैशाख २२, २०८१ शनिबार May 4, 2024

रास्वपा मध्यपुर थिमिकाे सभापतिमा मानन्धर

मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्टिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर भेलाले कार्यसमिति चयन गरेको छ ।

समितिको सभापतिमा न्हुछेंकाजी मानन्धर निर्वाचित भएका छन् ।  शनिबार मध्यपुर थिमिमा भएको नगर भेलाबाट मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

नगर समितिको उपाध्यक्षमा स्मृति भटराई, सचिवमा मुशरी नेपाल र कोषाध्यक्षमा समिर पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेशराज बुद्धचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजाति चुनिएका छन् ।

यसअघि भेलाको उदघाटन पार्टीका उपनेता विराजभक्त श्रेष्ठले गरेका थिए । साे भेलामा पार्टी संसदीय सचेतक सन्तोष परियार, जिल्ला सभापति रामेश्वर बस्नेतलगायतले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राखेका थिए ।

पार्टीको हालसम्म जिल्ला समिति, चाँंगुनारायण र सूर्यविनायक नगरसमित र अहिले मध्यपुर नगर समिति गठन भएको हो । अव भक्तपुर नगरपालिका नगर समिति मात्रै गठन गर्न बाँंकी छ । यसको लागि पनि तयारी भइरहेको पार्टीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार