हेटौंडा । हेटौंडा अस्पतालका २२ स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । हेटौंडा–४, कि ५४ बर्षिया कोरोना सन्क्रमित महिला हेटौंडा अस्पतालमा उपचार गर्न आएकाले उनको सम्पर्कमा आएका चिकित्सकलाई आइसोलेसनमा राखिएको हो ।
उनको उपचारमा सम्लग्न ५ डाक्टरसहित २२ स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिने हेटौंडा अस्पतालका चिकित्सक डा. हरि खड्काले जनकारी दिएका छन। अस्पतालका सबै स्वस्थ्यकर्मीको कोरोना परिक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्य भैरहेको उनले बताएका छन ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलीएको समयमा हेटौंडा अस्पतालका डाक्टर, नर्स, अनमी, अहेव, ल्यावका प्राविधिक, कर्मचारी सहित ६६ जनाको कोरोना भाइरस परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।
कोरोना देखिएपछि दैनिक २ सय भन्दा वढी समय अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिएका छन ।
सबैको रिपोर्ट आजै अउन सक्ने वताइएको छ । उनी ६ दिन पहिले हेटौंडा अस्पतालमा उपचार गर्न आएको आज शनिबार बिहान पत्त लागेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया