जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन् ।
आइतबार बिहान आइसोलेसन कक्षमा रहेका सर्लाहीका ४० वर्षीय संक्रमित फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।
उनी अस्पतालको झ्याल पोडेर फरार भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिएका छन ।
ती संक्रमित व्यक्तिको खोजी प्रहरीले गरिरहेको छ ।
अहिले विशेष कोभिड अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया