श्रावण ४, २०८२ आइतबार July 20, 2025

१ दर्जन बढी डिभाइस सार्वजनिक गर्ने तयारीमा एप्पल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले आउँदो केही महिनामा नै एक दर्जनभन्दा बढी डिभाइस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ब्लुमबर्गमा प्रकाशित एक लेखका अनुसार कम्पनीका १५ नयाँ डिभाइस सार्वजनिक हुने क्रममा छ ।

यस अन्तर्गत म्याक, आईप्याड, आईफोन, एप्पल टिभी देखि लिएर एप्पल वाचसम्म रहेका छन् । लेखका अनुसार २०२३ को अन्त्यमा एप्पलले एप्पल वाच सिरिज ९ को दुई नयाँ मोडेल, एप्पल वाच अल्ट्राको दोस्रो संस्करण र आईफोन १५ सिरिज सार्वजनिक गर्नेछ ।

यस्तै सन् २०२४ को सुरुवातमा कम्पनीले एमथ्री प्रो र एमथ्री म्याक्स चिप सहित नयाँ १४ र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्नेछ । साथै एमथ्री चिप सहितको १३ इन्चको म्याकबुक पनि सार्वजनिक हुनेछ ।

म्याक​बुक एयरका दुई नयाँ २४ इन्चको मोडल पनि सार्वजनिक हुने बताइएको छ । कम्पनीले दुई नयाँ आईप्याड प्रो पनि सार्वजनिक गर्नेछ भने तेस्रो जेनेरेसनको एयरपड्स प्रो पनि बजारमा आउने तयारीमा छ । नयाँ फिचरसहित एप्पल टिभी पनि सार्वजनिक हुनेछ । यद्यपि एप्पलको भिजन प्रो हेडसेटको नयाँ मोडेल भने सन् २०२५ भन्दा अगाडि सार्वजनिक हुने बताइएको छ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार