असार २८, २०८२ शनिबार July 12, 2025

चौरजहारी घटना जातीय अहंकारवादको उपजः गृहमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताएका छन् ।

घटनाबारे राष्ट्रियसभालाई मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन ।

सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवाहरु युवतीलाई ‘भगाउन’का लागि गएको भन्ने खुलेको उनले बताएका छ । त्यसमध्ये एकजना भने बिच बाटोबाटै फर्किएको उनले राष्ट्रियसभालाई जानकारी गराएका छन ।

मन्त्री थापाले भने, ‘घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाएको भन्ने सुन्नमा आएको छ । त्यो समितिको कुनै औचित्य छैन । सरकारले घटना छानबिनका लागि समिति बनाएको छ ।’

जिल्लामा बनाइएको समिति घटना ढाकछोप गर्नका लागि समेत बनाइएको हुन सक्ने भएकाले त्यसको कुनै औचित्य नहुने र सरकार कुनै पनि हालतमा दोषीलाई कारवाही गर्न प्रतिवद्ध रहेको उनले बताएका छन ।

राष्ट्रयसभाको मंगलबारको बैठकमा सांसदले समय मागेर बोल्दै घटनाबारे चासो व्यक्त गरेका थिए । उनीहरुले दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

गएको शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवालाई साथ रुकुमको चौरजहारी पुगेका थिए । तर गाँउ पुगेलगत्तै उनीहरुलाई केटीका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेपछि नवराजसहित तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया