श्रावण ४, २०८२ आइतबार July 20, 2025

रेड्मीको नयाँ स्मार्टफोन साढे १० हजार मूल्यमा पाइने

रेड्मी एटु र एटु प्लसको डिजाइन एकै खालको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा रेड्मीले दुई सस्ताे मोडेलका स्मार्टफोन भित्र्याएकाे छ । कम्पनीले सोमबार रेड्मी एटु (Redmi A2) र एटु प्लस (Redmi A2 Plus) सार्वजनिक गरेको हो । दुवै फाेनमा दुई वर्षकाे वारेन्टी सुविधा दिइएकाे छ ।

डिजाइनका सन्दर्भमा रेड्मी एटु र एटु प्लसमा केही भिन्नता छैन । स्टाइलिश फ्ल्याट फ्रेम डिजाइन भएका यी मोडेलमा ६.५२ इन्चको एचडी प्लस डट ड्रप डिस्प्ले राखिएको छ । त्यस्तै एन्ड्रोइड १३, मिडियाटेक हेलियो जी३६ अक्टाकोर प्रोसेसर र १ टीबीसम्मको एसडी कार्ड सपोर्ट गर्ने फिचर छ ।

क्यामेराका सन्दर्भमा यी मोडेलमा ८ मेगापिक्सेल एआई डुअल क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि ५ मेगापिक्सेलको क्यामेरा छ । यसबाट टाइमल्याप्स, शर्ट भिडिओ र पोट्रेट शट खिच्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

५००० एमएएएच क्षमताको ब्याट्री राखिएको यी मोडेलमा कम्पनीले १० वाटको चार्जर उपलब्ध गराएको छ । सुरक्षाका दृष्टिकोणले एटु प्लसमा फिङ्गरप्रिन्ट सेन्सर थप उपलब्ध गराएको छ । त्यसबाहेक अरू मोडेलमा पिन, प्याटर्न र पासवर्डको सुविधा छ ।

कम्पनीका अनुसार रेड्मी एटु २ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसको मूल्य १० हजार ४९९ राखिएको छ ।

त्यस्तै २ जीबी र्‍याम तथा ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ११ हजार ४९९ तोकिएको छ भने ३ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको एटु प्लसको मूल्य ११ हजार ९९९ रुपैयाँ राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार