श्रावण ४, २०८२ आइतबार July 20, 2025

यी हुन् निःशुल्क किताब डाउनलोड गर्न मिल्ने १० अनलाइन प्लेटफर्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डिजिटल प्रविधिको विकासले किताब पढ्ने शैली बदलिएको छ । अहिले इलेक्ट्रोनिक्स बुक (ईबुक) र अडियोबुकहरूको बजार उक्लिँदो छ । अनलाइन पुस्तक बिक्रेता अमेजनले वार्षिक रूपमा लाखौं ईबुकहरू बेच्ने गर्छ । जहाँ नि:शुल्क पाइनुका साथै छापिएका किताबको दाँजोमा मूल्य पनि कम पर्छ ।

अहिले विभिन्न प्रकारका किताबहरू राखेर थुप्रै डिजिटल लाइब्रेरी बनाइएको छ । आफूलाई आवश्यक पर्ने जानकारी प्राप्त गर्न त्यहाँ जहिल्यै र जुनसुकै समयमा जान सकिन्छ ।

आज हामी तपाईंलाई यस्ता १० प्लेटफर्मबारे जानकारी दिँदै छौं, जहाँ नि:शुल्क किताब डाउनलोड गर्न सकिन्छ ।

ओपन लाइब्रेरी

 

तपाईंले यसबाट नि:शुल्क किताब पढ्न र सापटी लिन सक्नुहुन्छ । यसका लागि यसमा अकाउन्ट खोले मात्र पुग्छ । आफ्नो सङ्कलनका लागि तपाईंले यसमा छुट्टै सेक्सन समेत बनाउन सक्नुहुन्छ ।

यसमा कला, साइन्स फिक्सन (साईफाई), औषधि विज्ञान लगायत विभिन्न क्षेत्रको किताब पढ्न पाइन्छ । त्यस्तै विषय, लेखक लगायत अन्य कुराका आधारमा तपाईंले तीनलाई फिल्टर समेत गर्न सक्नुहुन्छ । कुनै एउटा किताब खोजिरहनु भएको छ भने यसमा भएको सर्च बारमा गएर सर्च गर्न सक्नुहुन्छ ।

प्रोजेक्ट गुटेनबर्ग

 

यसमा ६० हजार भन्दा बढी किताब छन् ।  तीमध्ये जुनैलाई तपाईंले डाउनलोड गरेर वा अनलाइनबाट पढ्न सक्नुहुन्छ । तपाईंको कम्प्युटरमा पीडीएफ वा ईबुक रिडर नभए पनि यसमा किताब पढ्न सक्नुहुन्छ ।

यसमा ‘बुकशेल्फ’ भन्ने सेक्सन छ, जसमा कुनै पनि विषयको सम्बन्धीत किताबहरू मात्र पाइन्छन् । जस्तो: स्पेनिस अमेरिकी युद्धको बारे जान्न चाहानु भए तपाईं सीधै बुकशेल्फमा जान सक्नुहुन्छ ।  यसमा शीर्षक, लेखक, भाषा, प्रकार आदिका आधारमा समेत किताब सर्च गर्न सकिन्छ ।

इन्टरनेट अर्काइभ

यसमा ३ करोड ६० लाखभन्दा बढी किताब सङ्कलन गरिएको छ । त्यस्तै यसको क्याटलगमा ७७८ अर्ब भन्दा बढी वेब पेज र लाखौं भिडियो, कन्सर्ट, अडियो फाइल र सफ्टवेयर प्रोग्रामहरू राखिएको छ । खासमा यो डिजिटल सामग्री सङ्कलन गर्ने प्लेटफर्म हो । यसमा तपाईंले समेत कुनै पनि किताब राख्न सक्नुहुन्छ ।

यसमा ईबुकहरूलाई समेत वर्गीकरण गरिएर राखिएको छ । तपाईंले लेखक, शीर्षक, प्रकाशन भएको वर्ष आदिका आधारमा किताब सर्च गर्न सक्नुहुन्छ । त्यस्तै कुनै पनि किताबलाई तपाईंले रेटिङ समेत गर्न सक्नुहुन्छ ।

विले अनलाइन लाइब्रेरी (Wiley Online Library)

कुनै पनि अनुसन्धानात्मक लेख, विज्ञानका लेख लेख्दा विश्वासनीय स्रोत पाउन कठिन हुन्छ । यो कुराको सहायता भने यस लाइब्रेरीले गर्न सक्छ । यो डिजिटल लाइब्रेरीमा २० हजार बढी अनलाइन किताब, १६०० बढी जर्नल र सयौं सन्दर्भ सामग्री छन् । तीमध्ये धेरै विज्ञानसँग सम्बन्धित छन् ।

यस बाहेक व्यापार, सूचना प्रविधि लगायत अन्य विषयहरूका पनि किताब पाइन्छन् । यसमा उपलब्ध सबै किताब नि:शुल्क भने छैनन् । तर कुनै किताबको निश्चित पाठ वा एकाईमा भने पहुँच पाउन सकिन्छ ।

वर्ड डिजिटल लाइब्रेरी (World Digital Library)

यसमा निकै दुर्लभ पुस्तक, पाण्डुलिपि र ईसा पूर्व ८००० अगाडिसम्मका सामग्रीहरू राखिएको छ । १९० भन्दा बढी देशहरूबाट १९ हजार बढी प्रकाशित किताबरू यसमा पाइन्छन् ।

सबैलाई किताब तथा स्रोतमा पहुँच दिलाउन यूएस लाइब्रेरी अफ कङ्ग्रेस र युनेस्कोले यो लाइब्रेरी विकास गरेको हो । यसमा किताब बाहेक विभिन्न तस्बिर, र नक्साहरू समेत राखिएको छ । यसकारण यो एक भर्चुअल संग्रहालयको रूपमा रहेको छ ।

फ्रि ईबुक (Free Ebooks)

यसमा आख्यान, गैर-आख्यान, शैक्षिक लगायत विभिन्न प्रकारको पुस्तक उपलब्ध छ । जसलाई विभिन्न आधारमा वर्गीकृत गरिएको छ । त्यसले कुनै पनि किताब फेला पार्न सहयोग गर्छ ।

तर यसमा प्रति महिना पाँच ओटा किताब मात्र डाउनलोड गर्न सकिन्छ । त्यसपछि भने किताब डाउनलोड गर्न शुल्क तिर्नुपर्छ ।

बुकबब (Bookbub)

यसमा पनि विभिन्न प्रकारका किताब उपलब्ध छन् । तर यसको इन्टरफेस भने परिवर्तनशील छ । यसकारण यसमा प्रत्येक पटक जाँदा फरक फरक किताब फेला पार्न सकिन्छ ।

यसलाई सबै प्रकारका डिभाइसमा प्रयोग गर्न सकिन्छ । त्यस्तै लेखक, शीर्षक, विधा लगायत आदिका आधारमा फिल्टर गर्न समेत सकिन्छ । साथै तपाईंले यसमा जति पनि किताब डाउनलोड गर्न सक्नुहुन्छ ।

बेन फ्रि लाइब्रेरी (Baen Free Library)

यो डिजिटल लाइब्रेरी भए पनि साईफाई अथवा स्वैरकल्पनासँग सम्बन्धी किताबरू बढी पाइन्छन् । यसकारण अन्य प्रकारका किताब खोजिरहनु भएको छ भने यो उत्कृष्ट विकल्प नहुन सक्छ ।

यसमा ती किताब डाउनलोड गर्न वा त्यही पढ्न सक्नुहुन्छ । त्यस्तै पीडीएफ बाहेक अन्य विभिन्न फर्म्याटमा समेत यो किताब डाउनलोड गर्न सकिन्छ । झट्ट हेर्दा पुरानो डिजाइनको देखिए पनि विज्ञानप्रति रुचि भएकालाई यो वेबसाइट उपयोगी हुन सक्छ ।

मेनी बुक्स (ManyBooks)

यसमा विभिन्न विधा र भाषाका ५० हजार बढी पुस्तक छन् । तीनलाई यसमा वर्गीकरण गरेर राखिएकाे छ । तर यसमा कुन नि:शुल्क हो, कुन नि:शुल्क हो भन्ने कुरा भने खुलाइएको छैन । यसकारण यसमा उपलब्ध नि:शुल्क किताब फेला पार्न भने प्रत्येक किताब क्लिक गर्नै पर्ने हुन्छ ।

तर किताब सशुल्क भए पनि त्यसमा भएका विषयवस्तुको विवरण भने राखिएको छ । यसमा नयाँ तथा पुराना किताबहरू फेला पार्न सकिन्छ ।

स्मश वर्डस् (Smashwords)

यसमा बढी जसो इन्डी लेखक (स्वतन्त्र रूपमा आफ्नो किताब आफैं प्रकाशन गर्ने) का किताबहरू पाइन्छन् । ती किताबलाई तपाईंले त्यही पढ्न वा डाउनलोड गर्न सक्नुहुन्छ ।

यसका साथै फरक फरक फर्म्याटमा पनि ती किताब डाउनलोड गर्न सकिन्छ । यसमा करिब ९८ हजार बढी किताब रहेका छन् । तीनलाई तपाईंले पृष्ठ, लेखक, शीर्षक आदिका आधारमा चयन गर्न सक्नुहुन्छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार