काठमाण्डौः फिफा महिला विश्वकपमा जमैकाले प्रतियोगिताको पहिलो जित निकालेका छन् ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी विश्वकपको समुह एफ अन्तर्गतको खेलमा जमैैकाले पानामालाई पराजित गरेका हुन ।अष्ट्रेलियाको पर्थस्थित एचबिएफ रंगशालमा भएको दिनको तेस्रो खेलमा जमैकाले पानामालाई १–० गोलले पराजित गरेको छ । जमैकाका लागि खेलको ५६ औं मिनेटमा एलिशन रिन्नी स्वाबीले गरेको गोल नै निर्णायक रह्यो ।
यसअघि समुहको पहिलो खेलमा जमैका र फ्रान्सले गोलरहित बराबरी खेलेका थिए । आजै भएको समुह एफको अर्को खेलमा फ्रान्सले ब्राजिललाई २–१ गोलले पराजित गर्दै प्रतियोगिताको पहिलो जित निकालेको छ ।
जितसँगै जमैकाको जारी प्रतियोगितामा समुह एफमा एक जित र एक बराबरीसँगै ४ अंक भएको छ । त्यस्तै फ्रान्सको पनि समान ४ अंक रहँदा ब्राजिलको तीन अंक रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया