काठमाडौंः फिफा महिला विश्वकप फुटबलको उपाधि दाबेदार जर्मनी कोलम्बियासँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत सिड्नीमा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो ।
सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा कोलम्बियालाई जिताउन लिन्डा काइसेडोले ५२औँ र म्यानुएला भानेगासले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।
जर्मनीकी एलेसान्द्रा पोपले ८९औँ मिनेटमा पेनाल्टीमार्फत गर्नुभएको गोल सान्त्वना बनेको थियो । लगातार दोस्रो जितसँगै कोलम्बियाले नआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । ६ अङ्क बनाएको कोलम्बिया समूहको शीर्षस्थानमा छ ।
पराजित जर्मनी तीन अङ्कसहित दोस्रो स्थानमा छ । समान तीन अङ्क बनाएको मोरोक्कोको पनि तीन अङ्क छ । आइतबार नै भएको खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको थियो । लगातार दुई हार खेपेको दक्षिण कोरियाले अङ्कको खाता खोल्न सकेको छैन । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया