श्रावण ४, २०८२ आइतबार July 20, 2025

ह्वाट्सएपको नयाँ फिचर सार्वजनिक : एकैपटक १५ जनालाई जोडेर भिडियो कल गर्न सकिने

भिडियो कल सुरु भैसकेपछि भने थप व्यक्तिहरुलाई पनि जोडेर ३२ जनासम्म पुर्‍याउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ह्वाट्सएपले आफ्नो प्लाटर्फममा नयाँ फिचर थप गरेको छ । जसअनुसार अब एकैपटकमा १५ जना व्यक्तिलाई जोडेर भिडियो सुरु कल गर्न सकिनेछ । भिडियो कल सुरु भैसकेपछि भने थप व्यक्तिहरुलाई पनि जोडेर ३२ जनासम्म पुर्‍याउन सकिनेछ ।

ह्वाट्सएपको यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सन 2.23.15.14, 2.23.15.10, 2.23.15.11 र  2.23.15.13 मा उपलब्ध रहेको बताइएको छ ।

यसअघि ह्वाट्सएपको ग्रुप भिडियो कल सुरु गर्दा केवल ७ जनासम्म मात्र जोड्न सकिन्थ्यो । जसलाई बढाएर १५ पुर्‍याइएको हो ।

यदि तपाईं पनि ह्वाट्सएपको यो नयाँ फिचर प्रयोग गर्न चाहनुहुन्छ भने स्मार्टफोनको गुगल प्ले स्टोरमा गएर ह्वाट्सएपको बिटा प्रोग्राममा जोडिन सक्नुहुन्छ । यसमा आबद्ध भएसँगै ह्वाट्सएपले परीक्षण गरिरहेका सबै नयाँ फिचर प्रयोग गर्न सकिन्छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालै एक नयाँ अपडेट जारी गरेको छ जसमा प्रयोगकर्ताले आफ्नो स्मार्टवाचबाटै ह्वाट्सएपको कुनै पनि मेसेजको जवाफ दिन सक्दछन् ।

ह्वाट्सएपको मेसेजको जवाफ दिनका लागि स्मार्टफोन छुन पनि आवश्यक पर्दैन । ह्वाट्सएपले यसका लागि Wear OS को अपडेट केही दिन अघि मात्र बिटा प्रयोगकर्ताका लागि जारी गरेकोमा हाल सबैका लागि उपलब्ध गराएको हो । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार