मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महिला विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड – डेनमार्क तथा अमेरिका र नेदरल्यान्ड्स नक आउट चरणमा

पोर्चुगल फिफा महिला विश्वकपको इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्न असफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फिफा महिला विश्वकप फुटबलमा समूह ‘डी’ बाट इङ्ग्ल्यान्ड र डेनमार्क तथा समूह ‘ई’ बाट अमेरिका र नेदरल्यान्ड्स नक आउट चरणमा प्रवेश गरेका छन् ।

आज अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको खेलमा चीनलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै इङ्ग्ल्यान्ड ९ अङ्कका साथ समूह विजेता र डेनमार्क ६ अङ्क जोड्दै उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।

इङ्ग्ल्यान्डका लागि लरेन जेम्सले २ तथा एलिसिया रुसो, लरेन हेम्प, चोई केली र रचेल डेलीले १-१ गोल गरिन् भने चीनका लागि वाङ शुवाङले सान्त्वना गोल फर्काइन् ।

पराजित चीन भने ३ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । आज नै भएको सोही समूहको अर्को खेलमा हैटीलाई २-० गोलले हराउँदै डेनमार्क पनि अन्तिम १६ मा पुगेको छ । अस्ट्रेलियाको पर्थ रेक्ट्याङ्गुलर स्टेडियममा भएको खेलमा डेनमार्कलाई जिताउन पर्निले हार्डर र सानी निलसेनले १/१ गोल गरिन् । हैटी भने अंकविहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसअघि भएको खेलमा समूह ‘ई’ बाट अमेरिका र नेदरल्यान्ड्स नक आउट चरणमा प्रवेश गरेका छन् । नेदरल्याण्ड समूह विजेता र अमेरिका उपविजेताको रूपमा अन्तिम १६ मा पुगेका हुन् ।

आज न्युजिल्यान्डको फोर्थिस बार स्टेडियम भियतनामलाई ७-० गोलले हराउँदै नेदरल्यान्ड्स ७ अङ्कका साथ शीर्ष स्थानमा रहँदा अंकविहिन भियतनाम भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुर्डले २-२ गोल गरिन् भने लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले १-१ गोल गरिन् । यस्तै, सोही समूहको अर्को खेलमा पोर्चुगल र अमेरिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा जित्नै पर्ने दबाबमा रहेको पोर्चुगल अमेरिकासँग बराबरीमा रोकिएसँगै समूह प्रतियोगिताबाट बाहिरिएको छ ।

पोर्चुगल फिफा महिला विश्वकपको इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्न असफल भएको हो । पोर्चुगलले यसअघिको सबै ८ संस्करणमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार