मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहीद स्मारक लिगको वक्यौता रकम उपलब्ध गराउन माग

लिगको पैसा दिन एन्फालाई २६ क्लबको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : अखिल नेपाल फुटबल संघ ।(एन्फा) मा क्लबहरूले शहीद स्मारक लिगको वक्यौता रकम उपलब्ध गराउन माग गरेका छन्। शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका २६ क्लबले पाँच करोड ३१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउन माग गरेका हुन् ।

दुई सिजन देखिको लिगको रकम उपलब्ध गराउन उनीहरुको माग छ । बिहीबार क्लबले एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बझाएका हुन् ।

एन्फाले क्लबहरुलाई २०७७/०७८ र २०७९/०८० लिगको बक्यौता रकम बुझाउन बाँकी छ । ‘ए’ डिभिजन क्लबहरूलाई २०७७/०७८ को लिगमा ९७ लाख ५० हजार र २०७९/०८० को लिगमा २ करोड ४५ लाख गरि कुल ३ करोड ४२ लाख ५० हजार रकम दिन बाँकी छ ।

‘बी’ डिभजन लिगका क्लबहरुलाई पनि एन्फाले २०७७/०७८ को लिगमा ९१ लाख तथा २०७९/०८० को लिगमा ३५ लाख गरी चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लबको जोडेर कुल एक करोड २६ लाख पनि भुक्तान गरेको छैन।

त्यस्तै ‘सी’ डिभिजन क्लबहरुले २०७७/०७८ लिगको ६३ लाख  रकम पाउन बाँकी छ । यो सबै रकम समयमा नै उपलब्ध गराउन तीन लिग क्लबहरूले माग गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार