मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

तीन खेलमा मेसीका पाँच गोल

मेसीलाई अनुबन्ध गरेसँगै मियामीले लगातार तेस्रो जित निकाल्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अर्जेन्टिनी कप्तान लियोनल मेसीले इन्टर मियामीमा आफ्नो उत्कृष्ट लयलाई यथावत् राखेका छन् ।

मेसीलाई अनुबन्ध गरेसँगै मियामीले लगातार तेस्रो जित निकाल्न सफल भएको छ । मेसीले तीन खेलमा पाँच गोल गरेका छन् । मेसीले डेब्यु खेलमा क्रुज अजुलविरुद्ध विजयी गोल गरे । उनले दोस्रो खेलमा एटलान्टा युनाइटेडविरुद्ध दुई गोल गरेका थिए ।

मेसीकै उत्कृष्ट प्रदर्शनमा मियामी लिग कपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान मियामीले ओर्लान्डो एफसीलाई ३–१ ले हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो । क्वार्टरफाइनल प्रवेशका लागि मियामीले एफिसी डलाससँग खेल्नेछ । घरेलु मैदान डिभिआरमा मेसीसँगै बार्सिलोनाका पूर्वसहकर्मी जोर्डी अल्बाले पनि डेब्यु गरे ।

अल्बा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । अघिल्लो साता बार्सिलोनाका पूर्वकप्तान सर्जियो बुस्केटले मियामीका लागि डेब्यु गरेका थिए । मेसी पेरिस सेन्ट जर्मेनमा दुई वर्षको बसाइ अन्त्य गर्दै यसै सिजन अमेरिकामा व्यावसायिक लिग खेल्न आएका हुन् । मियामीलाई ओर्लान्डोविरुद्ध जित दिलाउन मेसीले दुई गोल गरेका थिए । ओर्लान्डोबाट सेजार अरौजोले एक गोल फर्काए । खेलको सातौँ मिनेटमा मेसीले मियामीलाई १–० को अग्रता दिलाए । रोबर्ट टेलरको पासमा उनले सिक्स यार्ड बक्समा बललाई नियन्त्रण लिँदै गोल गरेका हुन् । अरौजोले १७औँ मिनेटमा बराबरी गोल गरेका थिए ।

मियामीले दोस्रो हाफमा दुई गोल गरेको थियो । मध्यान्तरपछि टनेल छिर्ने क्रममा मेसी अरौजोसँग असन्तुष्ट देखिए । यसै कारण उनले पहेँलो कार्ड पाए । मार्टिनेजले पेनाल्टीमा गोल गर्दा मियामी ५१औँ मिनेटमा २–१ को स्थितिमा पुग्यो । मेसीले ७२औँ मिनेटमा टेलरकै पासमा व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी क्षेत्रमा टेलरले मिलाएको एयर बललाई मेसीले भली गोल गरेका हुन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार