मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सन्दीप सम्मिलित जगुअर्स ग्लोबल टी-२० को फाइनलमा

जगुअर्सले दीपेन्द्र समिलित मोट्रियल्स टाइगर्स र भानकौभर नाइट्सबीचको दोस्रो क्वालिफायर विजेतासँग आइतबार प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सुर्रे जगुअर्सले ग्लोबल टी-२० को फाइनलमा स्थान बनाएको छ।

शुक्रबार भएको पहिलो क्वालिफायरको खेलमा जगुअर्सले भानकौभर नाइट्सलाई ३८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको जगुअर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। जवाफमा नाइट्स १४.४ ओभरमा अल आउट हुँदै १०१ रनमा समेटियो।

नाइट्सका लागि फावियन एलनले २७ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कर्वीन बोस्च १२ तथा नजिबुल्लाह जर्दानले १५ रन बनाए। त्यस्तै, रुवेन ट्रम्पेलम्यानले ११ रनको स्कोर बनाएका थिए।

नाइट्सलाई सस्तैमा समेट्ने क्रममा म्याथ्यु फोर्डले सर्वाधिक ४ विकेट लिए। २.४ ओभर बलिङ गरेका फोर्डले १६ रन खर्चिएका थिए। त्यस्तै, दिलन हेलिगरले २ विकेट लिँदा सन्दीप लामिछाने, स्पेन्सर जोनसोन, अमर खालिद र आयान खानले समान १-१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जगुअर्सका लागि कप्तान इफ्तिखर अहमेदले ३६ रन बनाए। त्यस्तै, आयान खानले २९ रन बनाउँदा लिटन दासले १६ तथा मोहम्मद हरीसले २० रन बनाए। थप दोहोरो स्कोरका रूपमा जतिन्दर सिंहको १५ रन रह्यो। नाइट्सका लागि जुनाइद सिद्दीकीले ४ विकेट लिएका थिए। त्यस्तै, रुवेन ट्रम्पेलम्यान र कार्थिक मियपानले समान २-२ विकेट लिए।

अब उपाधिका लागि जगुअर्सले आइतबार दीपेन्द्र समिलित मोट्रियल्स टाइगर्स र भानकौभर नाइट्सबीचको दोस्रो क्वालिफायर विजेतासँग आइतबार प्रतिस्पर्धा गर्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार