काठमाण्डौंः फिफा महिला विश्व कप फुटबलको नक आउट चरणमा आज आइतबार दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् ।
नेपाली समय अनुसार आज हुने पहिलो खेलमा बिहान पौने ८ बजे नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।
महिला विश्वकप फुटबलमा हिजो भएका खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन र नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा पुगेका छन् । ३२ देश सहभागि यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया