असार २४, २०८२ मंगलबार July 8, 2025

उपचारमा संलग्न डाक्टर कुटिएपछि आन्दोलित भए डाक्टरहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् ।

जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु उनीहरुले माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया