काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामी आर्थक बर्ष २०७७÷७८ को बजेटलाई “औपनिवेशिक योजनाको निरन्तरता ”को संज्ञा दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले “आफू मालिक र अरु भिखारी” प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरेका हुन। उनले बजेटले आम नेपाली जनतालाई उत्साहीत बनाउन नसकेको टिप्पणी गरेका छन।
उनले भने, ‘थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने रु राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याईएको बजेट । राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट। राज्यविहिनहरुलाई अझ सिमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्र अनुसार नै आउने हो । औपनिवेशिक योजनाको निरन्तरता वाहेक केही पनि भन्न सकिदैन यसलाई। ”
केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाएका छन। उनले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गरेका छन।
लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी , मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै उनले नागरिकले राज्यबाट सम्मान पाएको छ ? भनी प्रश्न गरे। उनले भने, ‘शासनमा सबै सहभागिता पाएको ? मालिकियताको अनुभूति भएको छ सबैलाई। राज्यले जनताप्रति वफादारी गरेको छ? ”
उनले भने, ‘राज्यको चरित्र जस्तो छ । त्यस्तै गतिविधि हुन्छ । उसको नियत जस्तो छ त्यस्तै नियम बनाउछ, कानुन बनाउँछ , संविधान बनाउँछ , बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ। यही नेपालमा भईरहेको छ। यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलित को संख्या पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने रु के विश्लेषण गर्ने ?”
कोरोनका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालिन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रमहरु बजेटमा आउन नसकेको टिप्पणी गरेका छन। उनले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश पोखे।
उनले भने, ‘अलिकति पनि नैतिकता नभएको सरकार। जनता दिन दहाडै मरिरहेको छ। यहाँ भाषण भइरहेको छ। कोही मर्न दिदैनौ रे ?”
उनले एकल जातीय आधारमा गरिएको शासन र नश्लिय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया