काठमाण्डौः स्पेनिस ला लिगा फुटबलअन्तर्गत रायो भालेकानो र भ्यालेन्सियाले विजयी सुरुवात गरेका छन् ।
शुक्रबार राति भएको खेलमा रायो भालेकानोले अल्मेरियालाई २-० ले पराजित गरेको हो । रायो भालेकानोको जितमा इसी पालाजोन र रान्डी एनटेकाले पेनाल्टीमार्फत एक-एक गोल गरे ।
यता भ्यालेन्सियाले १० खेलाडीमा सिमित सेभिल्लालाई २-१ ले पराजित गरेको हो । भ्यालेन्सियाको जितमा माउक्टर डियाख्बी र जाभी गुएराले एक-एक गोल गरे । सेभिल्लाका लागि युसोफ एन-नेसरीले एक गोल फर्काए ।
सेभिल्लाका लुइक बाडे ८१ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया