असार २७, २०८२ शुक्रबार July 11, 2025

नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिबद्ध : प्रधानमन्त्री

बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

शनिवार काठमाण्डाैमा भएको २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले अत्याधिक गर्मी, अति वर्षा, सुक्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बनडाइअक्साइड, मिथेन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक छ । अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवात जस्ताको परिणाम विश्वभर नै देखिन थालेको यस परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बनडाइअक्साइड, मिथेन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी छ ।’

प्रधानमन्त्री दाहालले युवाहरुमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार