असार २९, २०८२ आइतबार July 13, 2025

एमसीसी पास नभए प्रसारण लाइनको स्रोत कसरी व्‍यवस्थापन गर्ने ? : मिनेन्द्र रिजाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले भनिरहेको प्रशंगमा उनले एमसीसी नभए स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्‍न गरेका हुन। बजेट विनियोजन विधेयकमाथिको सामान्य छलफलमा उनले भने, ‘‘विचार गर्न नै कठिनाइ भयो । एमसीसी आएपनि/नआएपनि प्रशारण लाइन बन्ने भन्नुभएको छ । तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने ? संसदले नलिने निर्णय गर्‍यो भने कुनै एउटा योजना काट्नुपर्‍यो के गर्ने ? पार्टीमा यो बहसलाई राजनीतिक व्यवस्थापन गर्न सक्नु भएन् भनेर तपाईको पार्टीको राजनीतिक लडाई संसदले व्यवहोरेर बस्नुपर्ने ? यो पैसा कहाँबाट आउँछ थाहा नपाएर हामीले बस्नुपर्ने ?’’

एमसीसी पारित नभए यो निर्माणका लागि आन्तरिक वा वैदेशिक ऋणबाट बनाउने की राजस्वबाट बनाउने भन्ने कुराको टुंगो लगाउन उनले आग्रह गरेका छन। स्रोत व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न उनले आग्रह गरेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार