काठमाण्डौः ए डिभिजन लिगको उपविजेता मछिन्द्र क्लबको एएफसी कपको छनोट यात्राबाट बाहिरिएको छ।
बुधबार राति भएको खेलमा भारतको मोहन बगान सुपर जायन्टसँग ३-१ ले पराजित भएपछि मछिन्द्र एएफसी कपको छनोटबाट बाहिरिएको हो। एएफसी कपको छनोट चरणको पहिलो खेलमा भुटानको पारो एफसीलाई हराएको मछिन्द्र दोस्रो खेलमा मोहन बगानलाई हराउन नसक्दा प्लेअफमा पुग्न सकेन।
कोलकातामा भएको खेलमा मोहन बगानका लागि अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरेका थिए। मछिन्द्रका लागि ओलोमोउले फ्रिकिकमा उत्कृष्ट गोल गरे पनि जितका पर्याप्त हुन सकेन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया