काठमाण्डौंः यूएईसँगको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ ।
दुबईमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएसँगै उसले शृङ्खला २-१ ले जितेको हो ।
जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए ।
न्युजिल्यान्डका बेन लिस्टरले ३ तथा विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो।
न्युजिल्यान्डका लागि विल योंगले ५६ र मार्क चापम्यानले ५१ रन जोडे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया